१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

त्रिवि तालाबन्दी प्रभाब : शिक्षक, कर्मचारीले तलब–भत्ता पाएनन्



काठमाण्डौ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले तालाबन्दीका कारण तलब भत्ता बुझ्न नपाएको तथा सरुवारबढुवा पनि ठप्प भएको गुनासो गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न १३ वटा शाखाले आज सोमवार सामूहिक विज्ञप्ति निकालेर विश्वविद्यालयलाई सधैँका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीका न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहजरूपमा सञ्चालन गर्न कठिन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक काम सञ्चालन गर्न सहयोग गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।

विश्वमा पहिचान राख्दै आएको त्रिभुवन विश्वविद्यालयलाई जोगाइ राख्न स्वच्छ र शान्त वातावरणमा अध्ययन, अध्यापन र अनुसन्धान हुन त्यहीअनुसारको वातावरण आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९ सोमबार ००:००  ३ : ०३ बजे