१० असार २०८३, बुधबार | Wed Jun 24 2026

तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता



बुटवल ।

बुटवलको तिनाउ नदीले बगाउँदा एक पुरूष बेपत्ता भएका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउँबाट तिनाउ नदी तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बुटवल११ सिरानगाउँ मजुवाका डिल्लीराज अर्याल बेपत्ता भएका हुन्।

नदीले बगाउँदा बेपत्ता भएका उनको खोजी भइरहेको बुटवल उपमहानगरपालिका वडा नं ११ का वडासदस्य युवराज रानाले जानकारी दिए।
उनका अनुसार अर्याल लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथ व्यवसाय संचालन गर्थे।

प्रकाशित मिति : २९ आश्विन २०७९ शनिबार ००:००  १ : २९ बजे