१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

३२ हजार बढी मतले चुनाव जित्ने अभिषेकप्रताप शाहको घोषणा



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाहले ३२ हजार बढी मतले जित्ने घोषणा गरेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कपिलवस्तु ३ मा वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा गाउँ-गाउँबाट जनताको प्रेम र विश्वास पाउँदा हर्षित भएको र आफू ३२ हजार मतले जित्ने शाहले बताएका हुन् । २०७४ सालमा २० हजार १ मत प्राप्त गरेर विजय भएका थिए । यसपालि १२ हजार मत बढाउने उनको लक्ष्य छ ।

जनताको माया र समर्थन बढ्दै जाँदा यो सम्भव भएको उनको भनाइ छ । शाह यस्तो जनप्रतिनिधि हुन् जसले निरन्तर जनतासँग नियमित सम्पर्क राखिरहेका छन् । जनताको सुख दुखमा साथै हुन्छन् । तिहारमा उनले क्षेत्रका भाइबहिनीसँग देउसी भैलो खेलेका थिए । उनी यस क्षेत्रमा लोकप्रिय छ । शाह चौथौ पटक सांसदको लागि निर्वाचनमा होमिएका छन् ।

लोकतन्त्र र संविधानको पहरेदारीका लागि, क्षेत्रको विकासका लागि अभिषेक जनमत लिन चुनावी दौडमा छन् । मतदाताहरुसँग कार्यकर्ता नेतासँग भेटिरहेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रवीन्द्रनाथ ठाकुरले संविधान २०७२ को कार्यान्वयन, सार्वभौमसत्ता, लोकतन्त्रको रक्षा, देश, क्षेत्र र प्रदेशको स्वास्थ्य, शिक्षा, पर्यटन, बाटो, पूल, सिंचाई, कृषि, खेलकुदको विकास, रोजगारीमा बृद्धि, भूमिहिनको व्यवस्थापन, धर्म , संस्कृति, परम्परा, संरक्षण प्रबर्द्धन लगायत पिछडिएको वर्ग, क्षेत्रमा समानुपातिक, समाबेसी बिकास गर्न गराउन निष्पक्ष, निडर, पारदर्शी, न्यायप्रेमी, इमान्दार, जनताका सेवकको रुपमा शाहलाई जिताउन अपिल गरेका छन् ।

शाहले भने, ‘म निरन्तर जनताको घरमा पुगेको छु, ३२ हजार मत ल्याउनेमा कुनै शङ्का छैन । १५ वर्षसम्म धेरै काम गरेको छु । जनताको मन जितेर निर्वाचित हुने छु ।’ उनी निर्वाचित भएसँगै मन्त्री बन्ने पक्कापक्की छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा निकट मानिने शाहले अहिले गाउँ-गाउँमा पुगि जनताका समस्या र नागरिकहरूसँग भेटघाट गरिरहेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९ बुधबार ००:००  ८ : ३८ बजे