१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

नागरिकता विहिनले नागरिकता पाउँछन्ः बृजेश कुमार गुप्ता



मायादेवी अनलाइन, गोरुसिंगे ।

नेकपा एमाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार बृजेश कुमार गुप्ताले नागरिकताबाट बन्चित रहेका नागरिकले नागरिकता पाउने बताउनुभएको छ ।

बुद्धभूमि नगरपालिका ८ हरिहरपुरमा घरदैलो गर्ने क्रममा उहाँले एमाले नेतृत्वको सरकारले नागरिकताका समस्या समाधान गर्ने बताउनुभयो ।

संसदमा नागरिकता विधयेक दर्ता गर्ने दल एमाले रहेकोले एमाले प्रति शंका नगर्न आग्रह गर्नुभयो । ओली सरकारले दर्ता गरेको विधयेक गठवन्धनका दलले पास हुन नदिएको दाबी गर्नु भयो ।

उहाँले नागरिकताको सवाल देशको मात्र नभएर कपिलवस्तु जिल्लाको समेत प्रमुख समस्या रहेको बताउनुभयो ।

घरदैलोको क्रममा उहाँले डुमरा, हरिहरपुर महाराजगन्ज सडक आफू र दीर्घ नारायण पाण्डेको पहलमा आएको बताउनु भयो । डिपिआर गर्दा जनताको चाहना अनुसार गराउनको लागि बुद्धभूमि नगरपालिका वडा नम्बर ९ का तत्कालिन वडा अध्यक्ष खुमानन्द न्यौपानेले सहयोग गरेको बताउनुभयो ।

उहाँले हरिहरपुर तालमा सिंचाईको लागि ५० लाख बजेट व्यवस्था गरे पनि नगरपालिकाले काम नगर्दा रकम फ्रिज भएको बताउनुभयो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९ मंगलबार ००:००  ८ : १८ बजे