२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

जनताले ससाना कुरामा राज्यको साथ खोजेका छन्ः उम्मेदवार घिमिरे



मायादेवी अनलाइन, बाणगंगा ।
वाम-लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ (१) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका डोलकराम घिमिरेले जनताले स-सानो कुरामा राज्यको साथ खोजेको बताएका छन् ।

चुनावको बेला कतिपय नेताले ठूला ठूला कुरा गरिरहेको आफूले पाएको भन्दै जनतालाई ती भ्रम र आवश्यकता नभएको बताएका हुन् ।

‘गाउँघरका धुलामैला पाटा बनून्, मालपोतमा घुससुस नहोओस्, कुलो नाली बनोस्, किसानले बिउ, मल पाऊन् । सुकुम्बासीले लालपुर्जा पाऊन्, आवश्यमता अनुसार सिंचाइ पाऊन्, ससानो रोजगारी पाउन्, स्थानीय सुरक्षा अंगबाट न्यायको प्रत्याभूति जनताले गरुन् । अधिकांश नेताकोे भाषण गरेको सुन्दा यी कुरा आउँदैनन् । ठुलाठुलाम कुरा गरेको सुनिन्छ । तर हामी केन्द्रित हुनुपर्ने यहाँनेर हो, तर छैनौँ ।’

उनले आफू चुनावमा होमिँदा जनतामाझ यही कुरा गर्ने वाचा लिएर अघि बढेको बताए । आफू जनताकै घरदैलोमा हुर्के बढेको हुनाले सांसद बनेर पनि आफूले यी कुरा बिर्सेर कहिल्यै सुविधाभोग तर्फ नलाग्ने उनले बताए ।

यसपटक मुलकको आवश्यकता गठबन्धन रहेकाले गठबन्धनको सरकारलाई भोट दिन उनको आग्रह छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  २ : २५ बजे