२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

गठबन्धनको शक्ति र मतदाताको उत्साहले जित निश्चितः उम्मेदवार आचार्य



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु प्रतिनिधिसभा २ का सत्ता गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्यले आसन्न मंसिर ४ को निर्वाचनमा आफ्नो जित निश्चित रहेको बताएका छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका आचार्यले गठबन्धनको शक्ति र मतदाताको उत्साह नै जितको प्रमुख आधार भएको बताए ।

घरदैलोको क्रममा भेटिएका आचार्यसंग मायादेवी अनलाइनले राखेको प्रश्नमा उनले आफूहरुको प्रतिस्पर्धा एमालेसंग भएपनि चुनावी नतिजा आफ्नो पक्षमा रहेको दाबी गरेका हुन् ।

‘समग्रमा भन्ने हो भने हाम्रो प्रतिस्पर्धा एमालेसंग हो । तर गठबन्धनको शक्ति हामीसंग छ । मतदाताको उत्साहजनक साथ हामीले पाएका छौं । यो निर्वाचनमा कांग्रेसले जित्नुपर्छ भन्ने आम धारणा पाएको छु, उम्मेदवार आचार्यले ढुक्क हुँदै भने’, चुनावमा आफ्नो जित निश्चित छ ।’

पार्टीका लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्व राज्यमन्त्री समेत भएका आचार्यले सिंचाई, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर मतदाता कहाँ पुगिरहेको बताए ।

सुविधासम्पन्न अस्पतालको माग मतदाताले गरेको र सिंचाईको कुनै पनि सुविधा नहुँदा किसान मर्कामा परेको गुनासा बढी आएकाले यो विषय नै आफ्नो चुनावी एजेण्डा भएको बताए । यी लगायत अन्य क्षेत्र पनि उत्तिकै प्राथमिकतामा राखेर मत मागिरहेको उनले जनाए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९ शुक्रबार ००:००  २ : ५१ बजे