७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ललितपुर ३ः अमृतलाई पछ्याउँदै तोसिमा, पम्फा तेस्रो



काठमाडौं ।

ललितपुरको क्षेत्र नम्बर ३ को प्रारम्भिक मतगणनामा एमालेका अमृत खड्काले झिनो अग्रता बनाएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले कडा टक्कर दिएकी छन् ।

अहिलेसम्मको मतगणनामा खड्काले ५१३ मत ल्याउँदै अग्रस्थान कायम गरेका हुन् । तोसिमाले उनलाई पछ्याउँदै ४९८ मत ल्याएकी छन् । अमृत र तोसिमाको दुरी १५ मतको मात्र छ ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल तेस्रो स्थानमा छिन् । उनलाई अहिलेसम्म २९६ मत प्राप्त भएको छ

प्रकाशित मिति : ५ मंसिर २०७९ सोमबार ००:००  ११ : ०० बजे