६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्विप’



रुकुम ।

रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले निर्वाचित भएका छन्। शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका हुन् । यहाँ ६० हजार ५६२ मत खसेको थियो।

शर्माको पक्षमा ३९ हजार ५४९ मत आएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । यस्तै शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाएका छन्। शर्माको यो चौथो जित हो । यसअघि ०६४,०७०,०७४ मा पनि भारी मतान्तरसहित निर्वाचित भएका थिए। यता प्रदेश सभा अन्तर्गत पनि नेकपा माओवादीका उम्मेदवारहरु विजयी भएका छन् ।

(क) र (ख) दुवै क्षेत्रमा माओवादी उम्मेदवारहरु भारी मतान्तरसहित निर्वाचित भएका हुन् । २९ हजार ५४३ मत खसेको (क) मा माओवादी केन्द्रका महेन्द्र केसीले १९ हजार ३३ मतसहित निर्वाचित भएका छन्।

उनले आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९९५‌ मतान्तरले पराजित गर्दै निर्वाचित भए । एमालेका शाहका पक्षमा ८ हजार ८१ मत आएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद कुमार शाहले १ हजार ११ मत पाए ।

यता (ख) मा माओवादीलकै राजकुमार शर्मा १२ हजार ८२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचित भएका छन्। यहाँ अर्को मत ३० हजार ४२९ हो । शर्माले २० हजार १६० मत पाउँदा नेकपा एमालेका कर्ण बहादुर घर्ती मगरले ८ हजार ७८ मत पाए।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसीले १ हजार १०७ मत पाए। निर्वाचित शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका मन्त्रीका प्रमुख दाबेदार हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ६ : ४६ बजे