१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तु ३ : मंगल प्रसाद गुप्ताले मतान्तर बढाउँदै लगे



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु ३ का प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्ताले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरुवात देखि नै अगाडी देखिएका गुप्ताले मतान्तर बढाउँदै लगेका हुन् ।

नेकपा एमालेका उम्मेदवार रहेका उनी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह भन्दा ३ हजार ३५५ मतले अगाडी छन् ।

शुक्रबार विहान ९ बजेसम्म गुप्ताले १७ हजार ७७६ मत पाएका छन् भने शाहले १४ हजार ५३१ मत ल्याएका छन् ।

जनता प्रगतिशित पार्टीका उम्मेदवार इश्वर दयाल मिश्रले १० हजार ५८१ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रकाश रजौरियाले १० हजार १५२ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ९ : २२ बजे