१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पा–२ बाट एमालेका ठाकुर गैरे विजयी



काठमाडौं ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तरगत पाल्पाको क्षेत्र नंं.– २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन् ।

उनले २७ हजार ८ सय १७ मत प्राप्त गरेका छन् भने उनका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ६४ हजार २०३ मत खसेको थियो ।

यस क्षेत्रमा यसअघि लगातार तीनपटक नेकपा एमालेबाट पाण्डेले चुनाव जितेका थिए । एमाले छोडेर एकीकृत समाजवादीमा प्रवेश गरेपछि यो उनको पहिलो निर्वाचन थियो ।

यसपटक भने पाण्डे पराजित भएका छन् । गैरेले यस क्षेत्रमा पहिलो पटक निर्वाचन लड्ने मौका पाएका थिए । पहिलो प्रयासमै उनी सफल भएका छन् । उनीहरू पहिले नेकपा एमालेमा सहयात्री थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९ शुक्रबार ००:००  ३ : ४५ बजे