२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

समानुपातिकतर्फ एमालेको २५ लाख कट्यो



काठमाण्डौ ।

समानुपातिकतर्फ ९१ लाख ८६ हजार मतगणना हुँदा एमालेको २५ लाख कटेको छ । पछिल्लो परिणामअनुसार एमालेको २५ लाख ६ हजार, कांग्रेसको २३ लाख ७७ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ५६ हजार र माओवादी केन्द्रको १० लाख ४६ हजार मत छ ।

हिजोसम्म माओवादी तेस्रो नम्बरमा रहेकोमा पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि माओवादीलाई उछिनेको छ । त्यस्तै राप्रपाको ५ लाख ४२ हजार, जसपाको ३ लाख १४ हजार, जनमत पार्टीको २ लाख ५१ हजार र एकीकृत समाजवादीको २ लाख ४७ हजार मत आएको छ ।

निर्वाचन आयोगले ६१ प्रतिशत मत खसेको जानकारी दिएको आधारमा चुनावमा १ करोड ९ लाख मत खसेको अनुमान छ । मत कति बदर भयो भन्ने यकिन भैसकेको छैन । एक करोड मत सदर भयो भने राष्ट्रिय दल बन्नको लागि ३ लाख मत आवश्यक पर्छ । प्रत्यक्षमा १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टीलाई समानुपातिकतर्फ कम मत आउँदा राष्ट्रिय दल बन्न गाह्रो देखिएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गर्नको लागि प्रत्यक्षतर्फको कम्तिमा एक सिट जित्नुपर्छ भने समानुपातिकतर्फ पनि कुल सदर मतको कम्तिमा तीन प्रतिशत मत ल्याउनु अनिवार्य छ । तर अहिलेसम्म आएको मत र मतवृद्धिको दरलाई हेर्दा एकीकृत समाजवादीले तीन लाख मत ल्याउने सम्भावना कम देखिएको छ । अब झण्डै १८ लाख मत गन्न बाँकी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९ सोमबार ००:००  ७ : ५९ बजे