१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमालेका ३४ समानुपातिक सांसद छनोट (नामावलीसहित)



काठमाण्डौ ।

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदहरुको टुंगो लगाएको छ। एमालेले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको हो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले समानुपातिक सांसदहरुको नाम सर्वसम्मतरुपमा टुंगो लगाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए । यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।

आदिवासी जनजाति स् देवीप्रसाद भट्ट चन्द, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, इश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य : रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, सोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा, सुनिता बराल, थारु महिला, आश्मा कुमारी चैधरी, शान्ति चौधरी

दलित : इश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा, रुकमणी राणा बराइली, हर्कमाया विश्वकर्मा

मधेसी : गंगा प्रसाद यादव, अमृतराज लालवंशी, विना देवि, अमृतादेवि अग्रहरी, प्रतिक्षा तिवारी मुखिया

मुस्लिम : सराज अहमद फारखी

प्रकाशित मिति : २४ मंसिर २०७९ शनिबार ००:००  ५ : २८ बजे