१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन



काठमाण्डौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।

आज आइतवार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिकरूपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति रहेको छ ।

यसअघि पोखरा क्षेत्रमा हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको थियो । समारोहमा पोखरावासीको उत्साहजनक उपस्थिति रहेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९ आइतबार ००:००  २ : १५ बजे