१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

माओवादी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा



बुटवल ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क) बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा निर्वाचित भएका छन् । भर्खरै सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उनलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा माओवादी केन्द्रका ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा निर्वाचित गरेको हो ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगएको थियो । निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिए । उनले भने–‘सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना छ ।’

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  २ : १५ बजे