२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मैत्री बहुउद्देश्यीय सहकारीको २१ औ साधारण सभा सम्पन्न



कपिलवस्तु ।

कपिलवस्तुको तौलिहवामा मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौ शाखाका रुपमा रहेको कपिलवस्तुमा २१ औ साधारण सभा संपन्न गरिएको छ ।

गुल्मीको रेसुङा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको मैत्री सहकारीको गत बर्ष आठौ शाखाकारुपमा कपिलस्तुमा बिस्तार गरिएको थियो । साधारण सभाको उदघाटन गर्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तुमा अहिले सहकारी प्रति नकारात्मक कुरा आईरहेका बेला यो सहकारीले नमुना र उपलब्धीमुलक काम गर्नु पर्ने बताए । उनले एक दुई वटा सहकारीले गर्दा सबै सहकारी नै खराब हो भन्न नसकिने भन्दै उनले जनता लक्षित काम गर्न आग्रह गरे । उनले सहकारीसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताए ।

संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदानन्द घिमिरे, प्रगति प्रतिबेदन घन श्याम मरासिनी र लेखा सम्बन्धी प्रतिबेदन शिवराज मरासिनीले गरेका थिए । सभाले गुल्मीमा केन्द्रिय समितिको हुने साधारण सभामा सहभागी हुन जान ४ जना प्रतिनिधि समेत छनौट गरेको छ ।

शाखा अध्यक्ष माया ज्ञवालीको अध्यक्षता, दिनानाथ आचार्यको संचालन र चिरीन्जीवी शर्माको स्वागतमा भएको कार्यक्रममा कपिलस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बावुराम खनाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । मैत्री सहकारीको गुल्मीमा रुपन्देही र कपिलस्तु गरी नौ वटा शाखा छन ।

प्रकाशित मिति : १८ पुस २०७९ सोमबार ००:००  ५ : ३५ बजे