२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

विदेशमा गएकाको तथ्याङ्क संकलन गर्दै वाणगंगा नगरपालिका



बाबुराम रायमाझी, जितपुर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले विदेशमा गएकाको तथ्याङ्क संकलन गर्ने भएको छ ।

त्यसका लागि वाणगंगा नगरपालिकाको आयोजना तथा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाणगंगा नगरपालिका स्थानीय तह आप्रवासन प्रोफाइल तयारी सम्बन्धि दुई दिने तालिम आयोजना गरेको हो ।

‘स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने भए सहि सूचना लिएर सीप सिकेर मात्र जाऔ’ भन्ने उद्देश्यमाथि लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक पंचराम चौधरी र (सामी) कार्यक्रमका जि आउल हकले प्राबिधिक प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सो तालिम संचालन भएको बताउनुभयो । उहाँले यस कार्यक्रमबाट नगरबाट बिदेश गएका, फर्केका, मृत्यु भएका, अंगभंग भएका, अध्ययन गर्न गएकाको संख्या पत्ता लगाउन नगरबासीको तथ्याङ्क संकलन गरिने जानकारी दिनुभयो । गणकहरुलाई तथ्याङ्क संकलनका लागि तालिम दिइएको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो ।

कार्यक्रममा सहभागीबाट वडा अध्यक्ष विष्णु गिरी, बाबुराम रायमाझीले बोल्दै तालिमबाट सिकेका कुराले नगरमा सहि तथ्यांक संकलनमा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम बित्तिय साक्षरता गोमा घिमिरे, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसिको सहजीकरणमा भएको थियो ।
करिब १ महिना भित्र नगरपालिकाका ११ वटा वडामा गणकहरुबाट तथ्याङ्क संकलन गर्ने काम हुनेछ ।

सो कार्यक्रम सुरक्षित आप्रवासन (सामी) कार्यक्रम र नेपाल सरकार र स्वीस सरकारको द्विपक्षिय सम्झौता अन्तर्गत संचालन भएको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७९ मंगलबार ००:००  ६ : २० बजे