१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

आगामी चैत ५ मा स्ववियु चुनाव हुने



काठमाडौं ।
विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ गते गराउने निर्णय गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए । भोलि त्रिविको कार्यकारी बैठक बस्दैछ । उक्त बैठकले निर्णय अनुमोदन गर्नेछ ।

निर्वाचन सम्बन्धी कार्यक्रम एकसाताभित्रमा सार्वजनिक गर्न लागेको उनले बताए । उनले भने,’कार्यकारी परिषद्ले चुनावको मिति फिक्स गरेर समिति गठन गरेपछि बल्ल तालिका सार्वजनिक हुन्छ । एकहप्ता जति लाग्छ तालिका सार्वजनिक हुन्छ ।’

२०६५ देखि नियमित हुन सकेको थिएन । १४ वर्षपछि हुन लागेको चुनावले १४ वर्षपछि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।

प्रकाशित मिति : २१ पुस २०७९ बिहिबार ००:००  २ : ४२ बजे