१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सुस्मिता हत्याका ५ जना अभियुक्त जेल चलान



मायादेवी अनलाइन, बाणगंगा ।
सुस्मिता खड्काको हत्यामा संलग्न ५ जना जेल चलान भएका छन् । गत ०७७ साल असार १ गते हेटौंडास्थिर आफ्नै घरमा उनको हत्या गरिएको थियो ।

कपिलवस्तु बाणगंगा माइत भएकी सुस्मिता हत्या सम्बन्धि मुद्दामा जिल्ला अदालत मकवानपुरले ५ जनालाई दोषि ठहर गर्दै जेल चलानको आदेश दिएको पीडितका ठूलो बुवा हेमबहादुर खड्काले जानकारी दिए ।

पटक पटक पेशी तोकिने र सर्ने गरेबाट पीडित पक्ष असन्तुष्ट बनि रहेका बखत तीन वर्षपछि पीडित परिवारले बल्ल न्याय पाएका हुन् ।

लगातार ४ दिनको बहस पश्चात इजलास नं. ३ का न्यायधिस श्री प्रसाद सञ्जेलको फैसलाबाट घटनामा आरोपी ५ जनानै जेल चलान भएको जनाइएको छ ।

सुस्मिताका ठूलो बुवा खड्काले आफूहरुले न्याय पाएको बताए । सुस्मिताको हत्या परिवारको संलग्नतामा भएको देखिन्छ ।

मकवानपुरको सूर्यचोकमा हत्या गरिएकी २४ वर्षीया सुस्मिताको हत्या अभियोगमा उनकै सासु, ससुरा, नन्दसहितको परिवारका सदस्य पक्राउ परी पुर्पक्षका लागि थुनामा रहदै आएका थिए ।

सुस्मिताको हत्यामा संलग्न आरोपित ससुरा प्रकाश थापा, सासू तुलसा थापा र अमाजु दुर्गा थापा कार्की र नन्द सीता थापालाई सार्वजनिक गर्दै मकवानपुर प्रहरी ।

सुस्मिताका पति रुपेन्द्र थापाको सवारी दुर्घटनामा मृत्यु भइसकेको थियो । पतिको मृत्युपछि एकल महिला सुस्मितामाथि परिवारले दुव्यर्वहार गर्न थालेका थिए । २३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो ।

रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी घरपरिवारले मानसिक यातना दिने गरेका थिए ।

प्रकाशित मिति : २२ पुस २०७९ शुक्रबार ००:००  ६ : १२ बजे