१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

श्रृङ्गीघाट सिंचाइको अध्यक्षमा शाही



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा क्षेत्रको महत्वपूर्ण सिंचाइ योजना श्रृङ्गीघाट सिंचाइ योजना जल उपभोक्ता समितिको अध्यक्षमा नहकुल शाही चयन भएका छन् ।

शुक्रबार भएको छैठौं साधारण सभा तथा पाँचौ अधिवेशनले शाहीको अध्यक्षतामा १६ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उमाशंकर चौधरी, सचिवमा गोविन्द पौडेल, सह-सचिवमा टेक बहादुर खत्री, कोषाध्यक्षमा चेतनारायण भण्डारी चयन भएका छन् ।

बाणगंगा नदीलाई बाँध बाँधेर निर्माण गरिएको श्रृङ्गीघाट सिंचाइले बाणगंगाका हेक्टरौं जमीन सिंचित गर्दै आएको छ । यो सिंचाइ जिल्लाकै महत्वपूर्ण योजना हो ।

अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी र बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले गरेका थिए ।

उक्त अवसरमा बोल्दै सांसद पन्थीले कृषिबाट नै नेपालको अर्थतन्त्र बलियो हुने बताएका छन् ।

भागिरथी नदी बाणगंगालाई बचाउन र व्यवस्थित बनाउन सक्ने हो भने कृषि क्षेत्रबाट राम्रो उत्पादन लिन सकिने उनको भनाई थियो ।

बाणगंगा नदीबाट कृषिमा भविष्य राम्रो भएको बताउँदै बहुद्देश्यिय योजना अनुसार अगाडी बढ्नु पर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : २३ पुस २०७९ शनिबार ००:००  ७ : १५ बजे