५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

साना किसान भलवाडको नेतृत्व फेरियो, अध्यक्षमा बस्नेत चयन



मायादेवी अनलाइन, बाणगंगा ।
एक दशक बढी समय पछि साना किसान कृषि सहकारी संस्था लिमिटेड भलवाडको नेतृत्व फेरिएको छ ।

लामो समय देखि साना किसान भलवाडको नेतृत्व कुमार मधु बेल्वासेले गर्दै आएका थिए ।

यसपालि चुनावी प्रक्रियाबाट दिपक बस्नेत साना किसानको अध्यक्षमा चुनिएका छन् ।

शनिबार भएको संस्थाको २३ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यिय संचालक समिति निर्वाचित भएको छ ।

जसको उपाध्यक्षमा बसन्ती क्षेत्री रहेकी छिन् भने सदस्यहरुमा पूर्ण बहादुर आचार्य, कुमार मधु बेल्बासे, दुर्गा प्रसाद खनाल, बैजनाथ चौधरी, पार्वती सेन ओली, मनकला गिरी, दल बहादुर मगर, डोग बहादुर बुढाथोकी, गंगा गैरे चयन भएका छन् ।

सहकारीको लेखा समिति संयोजकमा चुरामणी आचार्य चयन भएका छन् । सदस्यहरुमा मिना कुमारी गिरी र पुष्पा खनाल चयन भएको सहकारीले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९ आइतबार ००:००  ६ : ३३ बजे