६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

बिश्व कार्कीद्धारा खानेपानीको अध्यक्षमा पुनः उम्मेदवारी दिने घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति नन्दनगरको अध्यक्षमा बिश्व कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।

पहिलो कार्यकाल अध्यक्ष भएर काम गरेका कार्कीले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

आगामी पुस ३० गतेका दिन खानेपानीको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशन हुँदै छ ।

मंगलबार सामाजिक सन्जालमा उम्मेदवारी घोषणा गर्दै कार्कीले लेखेका छन्, ‘मैले पुनः दोस्रोकालको लागि उम्मेदवारी दिने निर्णयमा पुगेको छु । यस संस्थाको उन्नति, प्रगति, बिकास, उपभोक्ताको हकहित र सेवा सुबिधाको निम्ति करिब ५ बर्ष समर्पित भएँ । यो ५ बर्षमा भए गरेका प्रगति विवरण अधिवेशनमा प्रस्तुत गर्ने छु ।’

नन्दनगर कार्यालय रहेको खानेपानीको नेतृत्वका लागि आधा दर्जन बढी आकांक्षी रहेको बताइएको छ ।

प्रकाशित मिति : २६ पुस २०७९ मंगलबार ००:००  ७ : १५ बजे