२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

कपिलवस्तु सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः वर्मा



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुनः देवी प्रसाद वर्माको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको छ ।

तौलिहवामा सम्पन्न पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनले पुनः अध्यक्षमा वर्माको नेतृत्वमा १९ सदस्यिय कार्य समिती चयन गरेको निर्वाचन संयोजक वीर बहादुर खातीले जानकारी दिए ।

समितिको बरिष्ठ उपाध्यक्षमा नित्यानन्द वर्मा, प्रथम उपाध्यक्षमा प्रमोद कुमार वर्मा, दृतिय उपाध्यक्षमा गंगेश कुमार वर्मा, तृतिय उपाध्यक्षमा दिनेश कुमार वर्मा, सचिवमा बिरेन्द्र कुमार वर्मा, सह–सचिवमा रामदेव वर्मा सोनार, कोषाध्यक्षमा रामदेव सोनार र सह– कोषाध्यक्षमा नन्द किशोर गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७९ बिहिबार ००:००  ६ : १७ बजे