४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

आगामी ५ बर्षभित्र नगरको मुहार फेर्छौः मेयर पौडेल



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरपालिको १२ औं नगर सभा तथा हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी ५ बर्षभित्र नगरको मुहार फेरिने गरि विकास गरिने बताए ।

उनले हुलाकी बाटो निर्माण सम्पन्न भएपनि लाइटिङको ब्यवस्था नहुँदा समस्या आएको भन्दै नगरको सुन्दरीकरणका लागि पनि जमुहार देखि छोटकी तौलिहवासम्म हुलाकी सडक आयोजनाको सहयोगमा लाइटिङको ब्यवस्था हुने बताए ।

गब्दाहवामा छाडाचौपायाको स्थायी ब्यवस्थापन, ताल तलैयाको संरक्षण र सुन्दरीकरण, बिद्यालयका भौतिक अवस्थाको सुधार, १२ वटै वडामा डिजिटल वडा पत्र निर्माण, लगायतका काम समेत यसै बर्ष हुने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९ शनिबार ००:००  ६ : २५ बजे