७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकदिवसीय क्रिकेटमा भारतको कीर्तिमानी जित



काठमाण्डौ ।

भारतले एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा ठूलो अन्तरको जित निकाल्दै विश्व कीर्तिमान कायम गरेको छ । श्रीलङ्कासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा तीन सय १७ रनको फराकिलो अन्तरको जित निकाल्दै कीर्तिमान कायम गरेको हो । भारतले न्युजिल्यान्डको १५ वर्ष पुरानो कीर्तिमान तोडेको हो । न्युजिल्यान्डले सन् २००८ मा आयरल्यान्डलाई दुई सय ९० रनले हराएको थियो ।

भारतले दिएको तीन सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले २२ ओभरमा सबै विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि नुवानिदो फर्नान्डोले सर्वाधिक १९ रन बनाए । भारतका मोहम्मद सिराजले चार तथा मोहम्मद शमी र कुलदीप यादवले दुईरदुई विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ९० रन बनायो । भारतका लागि विराट कोहलीले नटआउट १६६ र शुभमन गिलले ११६ रन बनाए । श्रीलङ्काका कसुन रजिथा र लाहिरु कुमाराले दुईरदुई विकेट लिए ।

योसँगै भारतले तीन खेलको शृङ्खलामा क्लिन स्वीपु गरेको छ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पनि भारतले दुई / एकले जितेको थियो ।

प्रकाशित मिति : २ माघ २०७९ सोमबार ००:००  ६ : ०४ बजे