१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बिशेष सांस्कृतिक कार्यक्रम गर्दै मगर समुदायले मनाए माघ्या सकराती



कपिलवस्तु ।

बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाली भाषा धर्म संस्कृतिलाई जोगाइराख्नु सबैको जिम्मेवारी रहेको बताउनु भएको छ ।

नेपाल भौगोलिक हिसाबले सानो देश भएपनि धर्म र संस्कृतिमा भने निक्कै धनि भएको बताँउदै यसलाई जोगाउन सके नेपाललाई विश्वमा नै चिनाउन सकिने बताउनु भएको छ ।

आज बाणगङ्गा नगरपालिका ८ बोडगाउँमा नेपाल मगर संघ जिल्ला समिति कपिलवस्तुको आयोजना तथा नेपाल मगर संघ बाणगंगाको समन्वयमा भएको माघ्या सकराती बिशेष सांस्कृतिक कार्यक्रममा बोल्दै मेयर अर्यालले मगर, थारु, बाहुन क्षेत्री लगायत सम्पुर्ण जातजातिका धर्म संस्कृतिलाई सम्मान गर्दै अघि बढ्न सके सिङ्गो देशमा शान्ती कायम गर्न सकिने बताउनु भएको छ । त्यस्तै मेयर अर्यालले धर्म संस्कृतिको संरक्षण र सम्बर्धनमा नगरपालिका सधै गम्भिर रहेको बताउँदै यसको प्रवद्र्धनमा पनि नगर सधै तत्पर रहने बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमा बोल्दै बाणगंगा नगर उपप्रमुख रिता कुमारी चौधरीले बाणगंगामा बिभिन्न धमर्,संस्कृति र परम्परा भएका जातजातीका मनिस एकआपसमा मिलेर बसेको स्मरण गर्दै यो सकारात्मक पक्ष रहेको बताउनु भएको थियो । चौधरीले माघे सकरातीलाई थारुले माघि, मगरले माघ्या सकराती लगायत जसले जेजे नाम दिएपनि हामि सबैको चाड रहेकोले यसलाई हामि सबै मिलेर मनाउनु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले देशको सामाजिक बिकासको लागि हरेक धर्म सस्कृतिलाइ जगेर्ना गर्नुपर्ने बताउनु भएको छ । नेपालमा जति भौगोलिक विविधता छ, त्यो भन्दा धेरै धर्म संस्कृतिमा विविधता हुँदा पनि मिलेर बस्न सक्नु नेपालीको सबैभन्दा महान गुण रहेको बताउनु भएको थियो । हरेक जातजातीका धर्म संस्कृतिलाई प्रवद्र्धन गर्न सके आन्तरिक र बाह्य पर्यटनलाई वृद्धि गरेर राम्रो आर्थिक आम्दानी समेत गर्न सकिने उहाँले बताउनु भएको छ ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा नेपाल मगर जिल्ला अध्यक्ष मोहन सिन्जालीले माघ्या सकराती चाड मगर समुदायको पनि मुख्य चाड भएको बताउदै परम्परादेखि नै यो पर्व मनाउँदै आएको बताउनु भयो । आफनो पहिचान र संस्कृतिलाई बचाउनको लागि यस्ता कार्यक्रमलाई आफुहरुले निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले मगर भाषा, धर्म, संस्कृति, चाडपर्व र परम्परा अहिले हराउँदै गएकोले त्यसलाई अब जगेर्ना गर्न आवस्यक रहेको बताएका थिए । मगर भित्रको परम्परा लोप हँुदै जानुमा स्वयम् मगर समुदायका नागरिक मुख्य जिम्मेवार रहेको बक्ताहरुले बताएका छन । बर्षमा एक पटक मगर धर्म संस्कृति सम्बन्धि कार्यक्रम गरेर मगरहरुको धर्म संस्कृतिको जगेर्ना नहुने भएकाले यसलाई निरन्तरता दिनुपर्नेमा उनिहरुले जोड दिएका छन ।

कार्यक्रममा मगर संस्कृती झल्कीने भेषभुषा सहित नृत्य समेत प्रस्तुत गरिएको थियो भने मगर र थारु भाषाका गितलाई पनि स्थान दिइएको थियो ।
नेपाल मगर संघ जिल्ला अध्यक्ष मोहन सिन्जाली मगरको अध्यक्षता, बाणगंगा नगरपालिकाका मेयर चक्रपाण्ी अर्यालको प्रमुख आथिथ्यता, नगर उपप्रमुख रिता कुमारी चौधरी, नगरका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, बाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्जु सारु मगर, वडा नम्बर ३ का वडा अध्यक्ष टेक बहादुर झेडी मगर, वडा नम्बर ४ का वडा अध्यक्ष छबि रेस्मी मगर, नेपाल मगर संघ केन्द«ीय सदस्य लक्ष्मि मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल मगर संघ जिल्ला उपाध्यक्ष उत्तम आले मगरको स्वागत मन्तव्य र मिना राना गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ माघ २०७९ बुधबार ००:००  ७ : ३७ बजे