२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अस्पतालले मृत घोषणा गरेको शिशु दाहसंस्कारमा जीवित भेटिए



विराटनगर ।

कोशी अस्पतालले मृत घोषणा गरिएको शिशु दाहसंस्कार गराउन लाग्दा जीवित भेटिएका छन्।

उनलाई आज बुधबार कोशी अस्पतालले मृत घोषणा गरेको थियो। तर, दाहसंस्कार गराउन लगिएको बेला जिउँदै भेटिएपछि उनलाई उपचारका लागि अस्पताल फर्काइएको हो।

१७ दिनको शिशुलाई बुधबार बिहान कोशी अस्पतालमा उपचारको लागि लगेका थिए। तर, उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेपछि आफन्तले दाहसंस्कार गर्ने बेलामा शिशुको शरीर चल्न थालेपछि अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ।

यता, शिशु जीवितै पाइएपछि आक्रोशित भएका आफन्तले ड्युटीमा खटिएका दुईजना चिकित्सकमाथि कुटपिटसमेत गरेका छन्।

यो विषयमा अस्पतालका मेसुलाई बुझ्न खोज्दा छलफल भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ४ माघ २०७९ बुधबार ००:००  ४ : २० बजे