२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

न्यूनतम सेवा मापदण्डमा ९६ प्रतिशत अंकका साथ ‘कपिलवस्तु अस्पताल’ नेपालमै प्रथम



कपिलवस्तु ।

स्वास्थ्यका न्यूनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ ।

आर्थिक वर्ष २०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा नेपाल भरिका अस्पताललाई पछाडी पारेर सबैभन्दा धेरै ९६ प्रतिशत अंक ल्याई अस्पतालले प्रथम स्थान हासिल गरेको हो ।

स्वास्थ्य निर्देशनालयबाट आएका स्रोत व्यक्ति, गुल्मी अस्पतालका वरिष्ठ मेसु डा. उत्तम पच्याले सोबारे विहीबार अस्पताललाई जानकारी गराएका थिए ।

 अस्पतालका अध्यक्ष शिवलाल यादवले यस कार्यमा अहोरात्र खट्ने वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडे, डा. जावेद अहमद खान, डा. गणेश क्षेत्री, डा. अभिषेक श्रीवास्तव, डा. अमूल्य कुमार पाठक लगायतलाई धन्यवाद दिए ।

यो उपलब्धि हासिल गर्न हरदम सहयोग गर्ने लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, कपिलवस्तु जिल्लास्थित जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु नगरपालिका लगायत जिल्लाका सबै स्थानीय तह, जिल्ला समन्वय समिति, प्रत्रकार लगायतलाई मेसु वञ्जाडेले धन्यवाद समेत दिएका छन् । सबैको साथ रहेमा अस्पताललाई थप स्तरोन्नती गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. बन्जाडेले बताए ।

प्रकाशित मिति : ५ माघ २०७९ बिहिबार ००:००  ५ : २४ बजे