८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024

सभामुख देवराज घिमिरेद्वारा शपथ ग्रहण



काठमाण्डौ ।

सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो ।

यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताउनुभएको छ । आज उहाँले विज्ञप्ति निकालेर सभामुख पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउनुभएको हो ।

प्रतिनिधि सभाको हिजो बिहीवारको बैठकमा नेकपा एमालेका देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति : ६ माघ २०७९ शुक्रबार ००:००  १ : १३ बजे