१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



दाङ ।

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगर रहेका छन् ।

आइतबार राति ९ बजे रोल्पाबाट घोराही आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि भैरहवा पठाइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले एम्बुलेन्ससहित चालकलाई दाङ नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९ सोमबार ००:००  ५ : ४८ बजे