१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तु प्रशासनमा सेवा प्रवाहमा टाइम कार्ड लागू



मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु तौलिहवाले सेवा प्रवाहमा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीलाई सहज, छिटो छरितो तथा झन्झटरहित बनाउन सेवा प्रवाहमा टाइम कार्ड लागू गरिएको प्रशासनले जनाएको छ ।

माघ ९ गते लागू हुने गरि जारी गरिएको टाइम कार्डले सेवा प्रवाहमा समसामयिक एंव प्रभावकारी बनाउन सकिने जिल्ला प्रशासन कार्यालयको विश्वास छ ।

प्रशासनका अनुसार नयाँ नागरिकताका प्राप्तिका लागि दिउँसो १२ बजे प्रमाण पुर्‍याएर पेश हुन आएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ देखि ३ बजे भित्र पेश हुन आएका निवेदकलाई अपराह्न ४ बजे नागरिकता दिइने छ ।

नागरिकताको प्रतिलिपिका लागि दुई घण्टा भित्रै सेवा दिइने छ । ई-पासपोर्ट टोकन प्रणाली अनुसार सार्वजनिक बिदा र शाखाको कार्यबोझ बोहक प्रत्येक दिन ३ बजे देखि ४ बजेसम्म सेवा लिन सकिने प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

तत्कालिन राहत वितरण आधा घण्टा भित्र हुने दाबी गरेको प्रशासनले संस्था नविकरण, विभिन्न सिफारिस प्रमाणित, हातहतियार नविकरण तथा प्रशासनिक कार्यहरु, नाबालक प्रमाणपत्र, राट्रिय परिचयपत्र प्रमाण पुगेकालाई एक घण्टा भित्रै सेवा दिने छ ।

साथै जिल्ला प्रशासनले गर्भवती महिला, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरुलाई सेवा लिन लाइनमा बस्न नपर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ६ : २७ बजे