८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चोरको डरलाग्दो प्रयोग, प्यूठानमा बेहोस बनाएर नगद र सुन चोरी



प्यूठान ।
झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारमा सोमवार साँझ पौने सात बजे स्थानीय पदम खड्काको घरमा चोरी भएको छ । घरमा पदमकी बुहारी संगीता खड्का मात्र थिइन् ।

उनको मुखमा नशालु पदार्थ (स्पे) छरी बेहोस बनाएर ८ तोला सुन, तीन लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप, मोबाइल, चोरी भएको छ । टिभी र ल्यापटप घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै फेला परेको पीडित खड्काले जानकारी गराए ।

अपरिचित व्यक्तिको समूह बुहारी मात्र भएको मौका हेरेर घरभित्रै पसेका थिए । पदम सहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए । संगिता घरमा चिच्याएपछी स्थानयले चोर पसेको जानकारी पाएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल विजुवारमा लगिएको छ । जिल्लामा चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपनि प्रहरीले अहिलेसम्म एक जना पनि चोर पत्ता लगाउन सकेको छैन् ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ७ : २२ बजे