१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

बुटवलमा फागुन २ गतेदेखि कृषि मेला हुने



सिद्धार्थनगर ।
फागुन पहिलो सातादेखि बुटवलमा कृषि मेला हुनेभएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा फागुनको पहिलो साता बुटवलमा कृषि मेला आयोजना गर्न लागिएको हो ।

सङ्घको कार्यसमिति बैठकले फागुनको २ देखि ६ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको सङ्घका महासचिव विमलराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कृषिको व्यावसायिक विकासका लागि कृषिमा प्रविधिको प्रयोग र व्यावसायिक कृषिलाई जोड दिँदै कृषि मेला आयोजना गरिएको हो ।

पाँच दिनसम्म सञ्चालन गरिने कृषि मेलामा उत्कृष्ट कृषि उत्पादन, आधुनिक कृषि प्रविधि, कृषिऔजार र मेसिनरी, व्यावसायिक कृषि खेती प्रणालीलगायतका करिब ५० स्टल राखिनेछ । कृषि मेलाका लागि सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  ७ : ४४ बजे