१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हुम्ला, जुम्ला र मुगुमा हिमपात (फोटोफिचर)



काठमाण्डौ ।

हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा आज बिहानैदेखि हिमपात भएको छ ।

हुम्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका प्रायजसो ठाउँहरुमा दुई फिटभन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका प्रायजसो ठाउँमा करिब आधा फिट हिउँ जमेको छ ।

यस्तै, जुम्लाको सदरमुकाम खलङ्गा, चन्दननाथ नगरपालिकासहित जिल्लाभरि हिउँ परिरहेको छ । मुगुमा पनि आज बिहानदेखि हिउँ परेको छ । हिउँ परेपछि किसानहरु खुशी भएका छन् । हिउँदेबालीका लागि हिउँ उत्तम सिँचाइको माध्यम हो । हिमपातले यहाँको जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै किसान खुसी भएका हुन् ।

हिमपात भएका जिल्लामा जाडो बढेको छ ।

प्रकाशित मिति : १० माघ २०७९ मंगलबार ००:००  २ : ०९ बजे