१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

बाणगंगाको मनकामना सामुदायिक वनको अध्यक्षमा ५ जना उम्मेदवार



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मनकामना सामुदायिक वनको अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मनकामना सामुदायिक वनको नेतृत्व सर्वसम्मत चयन हुन नसके पछि निर्वाचन मार्फत नेतृत्व टुङ्ग्याइने भएको हो ।

वनको अध्यक्षमा पूर्व अध्यक्ष कमल घिमिरे, मधु शर्मा, चुरामणी अर्याल र मुक्त बहादुर कार्की चुनावी मैदानमा छन् ।
निर्वाचन मण्डलका संयोजक केशव भट्टराईका अनुसार वनको चुनाव माघ १४ गते शनिबार विहान ८ बजे देखि दिउँसो ३ बजेसम्म हुने छ । ११ सय १ जना उपभोक्ताले मत हाल्न पाउने उनले बताए ।

अध्यक्ष जस्तै अन्य पदाधिकारीमा पनि चुनाव हुने छ । उपाध्यक्षमा पुस्कर घिमिरे, मन बहादुर पुन, गीता शर्मा, इन्दु कडेँलको उम्मेदवारी परेको छ । सचिवमा गंगा भट्टराई र पुष्पा घिमिरे बीच चुनाव हुने छ ।

सहसचिवमा ५ जना प्रतिस्पर्धामा छन् । देवीराम पौडेल, जीवलाल घिमिरे, कविराज उपाध्याय, राम बहादुर टण्डन, पार्वती घिमिरे सहसचिवका उम्मेदवार हुन् ।

कोषाध्यक्षमा लक्ष्मी थारु, सकुन्तला घिमिरे र ऋषिराम घिमिरे उम्मेदवार छन् ।

वनको नेतृत्व सर्वसम्मत बनाउने पहल भएपनि अन्ततः चुनाव हुन लागेको हो । वनको नेतृत्व सर्वसम्मत हुन नसके पनि दलगत रुपमा पनि एकल उम्मेदवारी पर्न सकेन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले अध्यक्षमा एकल नाम सिफारिस गर्न सकेका छैनन् । अध्यक्षसहितको कार्यसमितिमा धेरैको उम्मेदवारी परेको कारण यो निर्वाचनमा दलगत प्रभाव शून्य देखिने भएको छ । अघिल्लो कार्यकालमा पनि यो वनको चुनाव मार्फत अमित पौडेल अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ११ माघ २०७९ बुधबार ००:००  ६ : २२ बजे