१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कपिलवस्तु उद्योग वााणिज्य संघका सचिव पौडेलले दिए राजीनामा



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघका निर्वाचित सचिव खिमानन्द पौडेलले (कोपिल) ले पदबाट राजिनामा दिएका छन् । संघका अध्यक्ष डोलकराम घिमिरेलाई कार्यालयमै पुगेर उनले राजिनामा पत्र बुझाएका हुन् ।

उद्योगी व्यवसायीको हितमा नरही व्यक्तिगत महत्वाकाँक्षाले अघि बढ्दा संस्था धरासयी भएको लगाएतका आरोप लगाउँदै सचिव पौडेलले राजिनामा दिएका हुन् । संघलाई विभिन्न आरोप लगाए पनि पौडेल भने उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा भर्खरै चयन भएका छन् । मंगलबार भएको व्यापार संघको प्रथम साधारण सभा एवं अधिवेशनले पौडेललाई अध्यक्षमा चयन गरेको हो ।

यता कपिलवस्तु उद्योग वाणिज्य संघले भने एउटै व्यक्ति एउटै प्रकृतिका दुई संस्थामा बस्न जायज नभएको भन्दै पौडेलको राजिनामा बाध्यकारी भएको बताएको छ । पौडेलको राजिनामाबारे कपिलवस्तु उद्योग वाणिज्य संघको वैठक विहीबार विहान बस्ने बताइएको छ ।

पौडेल ०७७ माघ महिनाको २७ गते भएको निर्वाचनबाट सचिव पदमा निर्वाचित भएका थिए ।

पौडेलले अब उद्योग व्यापार संघलाई मध्यम उद्योगी व्यवसायीको साझा संस्था बनाउने बताउँदै पहिलेको संस्थासंग पनि सहकार्य गर्ने बताए ।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ७ : १० बजे