१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चारनम्बर बजारबाट स्कूटर हराएपछि…



मायादेवी अनलाइन, बाणगंगा ।
कामको सिलसिलामा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ४ जीतपुरमा गएको बेला एउटा स्कूटर हराएको छ ।

वडा नं ३ भक्तौलीका हिमाल सिंह राना चार नम्बरमा व्यानर छपाउन गएका थिए । ग्लोबल बैंक नजिकै एक पसलबाट काम सकि फर्कदा पार्किङ्गमा राखिएको लु ३२ प ४३१९ नं को होण्डा कम्पनीको रातो स्कूटर बुधबार साँझ पाँचबजेदेखि हराएको रानाले बताए ।

आफ्नो स्कूटर हराए पछि एकैछिनमा सोहि स्थानमा हेर्दा अर्को स्कूटर फेला परेको रानाले बताए । आफ्नो नभएपछि सो स्कूटरलाई रानाले इलाका प्रहरी कार्यालय पिपरालाई बुझाएका छन् ।

यता प्रहरीले पनि रानाको स्कूटर खोजी जारी राखेको बताएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ७ : १६ बजे