७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध



रूकुम (पूर्व)।
रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ।

वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको विद्युत अझै सुचारू हुनसकेको छैन। सेवा अवरूद्ध हुँदा नागरिक समस्यामा परेका छन्।

सल्यान र रूकुम (पश्चिम) को बीचमा समस्या हुँदा विद्युत अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम (पूर्व) ले जनाएको छ।

विद्युत सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए।

विद्युत अवरूद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रूकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताइन्। रासस

प्रकाशित मिति : १२ माघ २०७९ बिहिबार ००:००  ५ : ३७ बजे