१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाणगङ्गा पुस्तकालयले मनायो स्थापना दिवस



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगङ्गा सामुदायिक पुस्तकालयको सातौं स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न भएको छ ।

विहीबार बसन्त पन्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर पुस्तकालयको स्थापना दिवस तथा छैठौं साधारणसभा सम्पन्न गरिएको हो ।

स्थापना दिवसको अवसरमा विभिन्न विधाका तीन जना श्रष्ठा समेत सम्मानित भएका छन् ।

कपिलवस्तु जिल्लामा रहेर साहित्य विधामा महत्वपूर्ण योगदान गरेका तीन जनालाई बिगतका बर्ष देखि नै सम्मान गरिदै आएको पुस्तकालयका अध्यक्ष दिलिप कार्कीले बताए । सम्मान पुरस्कारको स्थापना शैक्षिक एव्ं सामाजिक ब्यक्ति बासुदेव घिमिरेले गरेका हुन् ।

कार्यक्रममा वलि मोहम्मद मुसलमान, चतुर्रभुज पाण्डे र कविता अधिकारी (फुच्ची) काव्य साधक पुरस्कारबाट सम्मानित भएका छन् ।

संस्थाका अध्यक्ष कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बाणगङ्गा नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जिसि प्रमुख अतिथि थिए । कार्यक्रममा विभिन्न स्रष्टाले आ-आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७९ शुक्रबार ००:००  ७ : ४४ बजे