२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा ट्याक्टरसहित ५५ बोरा अवैध मल बरामद



कपिलवस्तु।

कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ ।

शनिबार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो ।

सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको प्रहरीले जनाएको छ । सो घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिनुभयो । पक्राउ पर्नेको नाम र वतन प्रहरीले गोप्य राखेको छ । प्रहरीले सो विषयमा थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०७९ शनिबार ००:००  २ : ०७ बजे