२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मनकामना सामुदायिक वनको निर्वाचनः कार्कीको प्यानल जित नजिक



मायादेवी अनलाइन, बाणगंगा ।
मनकामना सामुदायिक वनको मतगणना जारी छ । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको वनको मतगणना जारी भएको हो ।

शनिबार भएको वनको कार्यसमितिको निर्वाचनमा १८ पदका लागि ५३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

११ सय १ जना उपभोक्ता रहेको वनमा ९ सय ३३ मत खसेको निर्वाचन मण्डलले जनाएको छ ।

अहिलेसम्मको ताजा परिणाम अनुसार मुक्त बहादुर कार्की अध्यक्ष रहेको प्यानल जित नजिक देखिएको छ ।

८ सय मत गणना हुँदा कार्कीले ३ सय १४ मत ल्याउँदा अध्यक्ष पदका अर्का उम्मेदवार चुरामणी अर्यालले २ सय ६१ म्त ल्याउनुभएको छ । कमल घिमिरेले १ सय ३४ मत पाउनुभएको छ ।

कार्की एमाले र अर्याल कांग्रेसका आधिकारिक उम्मेदवार हुनुहुन्छ । घिमिरे स्वतन्त्र रुपमा उम्मेदवार हुनुभएको हो ।

कार्की प्यानलबाट उपाध्यक्ष पदका उम्मेदवार पुष्कर घिमिरेले ३ सय ३४, सचिवमा गंगा भट्टराईले ३ सय ९९ मत ल्याउनुभएको छ ।

अर्याल प्यानलबाट उपाध्यक्षका उम्मेदवार मन बहादुर पुनले २ सय ९६, सचिवका उम्मेदवार पुष्पा घिमिरेले २ सय ७९ ल्याउनुभएको छ ।

अहिले मत गणना जारी भएको र केही घण्टामा वनको अन्तिम मतपरिणाम सार्वजनिक हुने निर्वाचन मण्डलले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९ आइतबार ००:००  ६ : ०५ बजे