२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

१३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने



मायादेवी अनलाइन, बाणगंगा ।
‘१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९’ को उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् ।

अहिले देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेका कारण ब्यवसायीका समस्याबारे राज्यको अवधारण र आगामी रणनीति के छ ? लगायतका बारेमा सुन्न र सुनाउनको लागि उहाँलाई ल्याउन लागिएको आयोजक कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

सोही दिन उद्योग मन्त्रीका मात्र कुरा सुन्ने नभएर ब्यवसायीका गुनासा र समस्या पनि राख्ने कार्यक्रम रहेको घिमिरेले बताए ।

घिमिरेले माघ १७ गते मध्यान्हपछि उद्घाटनको कार्यक्रम राखिएको बताए ।

उद्घाटनको दिन बिभिन्न संघसंस्था र विद्यालयले नेपालको राष्ट्रियता, कला, संस्कृति, भेषभुषा झल्कने खालका झाँकी प्रदर्शन हुने छ भने बिभिन्न स्थानबाट र्याली निकालिन लागिएको महोत्सवका संयोजक समेत रहेका घिमिरेले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९ आइतबार ००:००  ६ : १२ बजे