१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हिउँ पन्छाएपछि खुल्यो नाग्म–गमगढी सडक खण्ड



जुम्ला ।

हिउँ जमेपछि पाँच दिनदेखि अवरुद्ध नाग्म–गमगढी सडक खण्ड सञ्चालनमा आएको छ ।

जुम्ला सडक डिभिजन कार्यालयले सडक खण्डको पिना–सातमोड–बुलबुले क्षेत्रमा जमेको हिउँ गरेर पन्छाएपछि अवरुद्ध सडक खण्ड सञ्चालनमा आएको हो ।

यही माघ १० गते रातिदेखि ११ गतेसम्म हिमपात हुँदा यो क्षेत्रमा दुई फिटभन्दा बाक्लो हिउँ जमेको थियो । बाक्लो हिउँ जमेपछि नाग्म गमगढी सडकमा गाडीको आवतजावत बन्द भएको थियो ।

कार्यालयले १२ गतेदेखि नै हिउँ पन्छाउन थालेको सुपरभाइजर जङ्गी विश्वकर्माले बताउनुभयो ।

प्रकाशित मिति : १५ माघ २०७९ आइतबार ००:००  १ : ०७ बजे