७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मनकामना सामुदायिक वनका नयाँ कार्यसमितिद्धारा पदभार ग्रहण



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको मनकामना सामुदायिक वन उपभोक्ता समूह नन्दनगरमा चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले शपथ ग्रहण गरेका छन् ।

शनिवार भएको निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई सपथ ग्रहणसंगै प्रमाण पत्र प्रदान गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. १ र २ यो वनका उपभोक्ता हुन् ।

मनकामना सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मुक्त बहादुर कार्की, उपाध्यक्षमा पुष्कर घिमिरे, सचिवमा गंगा कुमारी भट्राई, कोषाध्यक्षमा लक्ष्मी थारु, सह सचिवमा कविराज उपाध्याय, सदस्यहरुमा सीता थारु, प्रिया थारु, सुमित्रा थारु, कमला घिमिरे, बिर बहादुर सोमै, तारा कुमारी आचार्य, पद्मा सुनार, नारायण कंडेल, चन्द्र प्रकाश गैरे र समिर थापा निर्वाचित भएका छन् । त्यस्तै लेखा समिति संयोजक ताराजन घिमिरे सदस्यमा दिपक शर्मा भुसाल र अनुप थापा निर्वाचित भएका छन् ।

शपथ ग्रहण कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले हिजो जुनसुकै प्यानलबाट निर्वाचन जितेपनि अब भने निर्वाचित कार्यसमितिले उपभोक्ताको हितमा काम गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक वनलाई उपभोक्ताको जिविकोपार्जन र रोजगारीसंग जोड्न आवश्यक रहेको भन्दै स्थानीय तहसंग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले कुनै पनि पूर्वाग्रह नराखी सम्पूर्ण उपभोक्ता तथा सामुदायिक वनको नेतृत्व गर्न आएका उम्मेद्वारहरुको भावनालाई समेत समावेश गरी अगाडि बढ्न सुझाव दिए । नगरपालिलकाका प्रवक्ता समेत रहेका पौडेलले उपभोक्ताको भावनालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिंदै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष निर्वाचन मण्डलका संयोजक केवशराज भट्टराईले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका निम्ति सहयोग गर्ने मण्डलका सदस्य, सम्पुर्ण प्यानलका उम्मेद्वार, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता महानुभाव, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पुर्णलाई धन्यवाद एवम् आभार व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष कार्कीले निर्वाचनबाट अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण उपभोक्ता महानुभाव प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गरे । साथै उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका निम्ति सहयोग गर्ने मण्डलका सदस्य, सम्पूर्ण प्यानलका उम्मेद्वार, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता महानुभाव, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वन र उपभोक्ताको हितमा काम गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

जिल्लामै नमुना सामुदायिक वनको रुपमा विकास गर्ने अभियानका साथ लाग्ने बताउदै उपभोक्ता महानुभावहरुको जिविकोपार्जन र रोजगारीमा जोड्ने गरी प्रत्यक्ष लाभान्वित हुने खालका काम गरी दिगो ब्यबस्थापनमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १७ माघ २०७९ मंगलबार ००:००  ६ : ३६ बजे