६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कपिलवस्तु महोत्सवः टिकटकको केन्द्र बन्दै सचिवालय



मायादेवी अनलाइन, बाणगंगा ।
माघ १७ गते मंगलबारदेखि १३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सुरु भएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेसंगै महोत्सवको रौनक बढेको हो ।

महोत्सवमा रहेका धेरै आकर्षक कुराहरुमध्ये स्टेजको अगाडि पट्टीको सानो सचिवालय फोटो र टिकटक जोन बनेको छ । जारी महोत्सवमा आएका अधिकांशले त्यहाँ फोटो खिचिरहेका छन् भने उत्तिकै सेल्फी र टिकटक बनाउने गरेका छन् ।

सचिवालयको अगाडी यसपटक तीन चार थरीका आकार फोटो खिच्नको लागि बनाइएको छ । एउटा गोलो आकारमा फोटो खिच्ने ठाउँ छ भने एउटा पानको पात आकारमा फोटो खिच्ने ठाउँ बनाइएको छ ।

महोत्सवको नाम लेखिएको पानको पात आकारको रमतो तस्बिरलाई पछाडी राखेर फोटो खिच्दा निकै आकर्षक देखिएको दर्शक बताउँछन् ।

महोत्सवको सचिवालयलाई पनि चिटिक्क पारेर सिगारिएको छ । वरिपरी कपिलवस्तु झल्कने पर्यटकीय तस्विर छन् भने भित्र पनि आकर्षक दृश्यहरु देख्न सकिन्छ । निलो रङमा सजिएर टुसुक्क बसेको देखिन्छ सचिवालय । जसलाई दर्शकले मन पराएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७९ शनिबार ००:००  ६ : ५१ बजे