१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमति आवश्यकः राज्यमन्त्री श्रीपाली



अर्घाखाँची ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले देशमा दीर्घकालीन विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सरकारले आर्थिक समृद्धि र सुशासनका लागि स्थायित्व दिने चाहेको छ भन्नुभयो । उहाँले भन्नुभयो “वर्तमान सत्ता गठबन्धन तत्काल नटुट्ने । बहुमतीय पक्षबाट अगाडि बढ्नका लागि पनि छलफलको सुरुआत भएको छ ।”

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएकी राज्यमन्त्री श्रीपालीले जिल्लाको सन्धिखर्क नगरपालिका–१० अर्घामा निर्माणाधीन अर्घा भगवती विमानस्थल सञ्चालन उच्च प्राथमिकता दिने जानकारी दिनुभयो ।

मुख्य पर्यटकीय क्षेत्र सुपादेउराली मन्दिरको पर्यटकीय क्षेत्रलाई सूचीकृत गरी पर्यटक भित्र्याउनका लागि पहल गर्ने उहाँले बताउनुभयो । उहाँले त्यस्तै सन्धिखर्क–७ खाँचीलगायतका क्षेत्रमा चुनढुङ्गा उत्खननले पारेको असरबारेमा सबै राजनीतिक दल र विज्ञसँग छलफल गर्ने बताउनुभयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ११ बजे