८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने



काठमाडौँ ।
दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औँ संस्करण भारतमा आयोजना हुने तय भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन । आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९ बुधबार ००:००  ७ : ५३ बजे