१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

गुरुकुलम् र बाल गृहलाई कपिलवस्तु मदिरा व्यवसायी संघको सहयोग



मायादेवी अनलाइन, बाणगंगाा ।

कपिलवस्तु मदिरा व्यवसायी संघले कपिलवस्तु बालगृह र कपिलधाममा रहेको गुरुकुलम्लाई खाद्यान्न सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व र योगदान कार्यक्रम अन्तर्गत संघले बिहीवार बाणगंगा- ९ भलवाडमा रहेको गुरुकुलम् र तौलिहवामा रहेको बालगृहमा पुगेर खाद्यान्न सहयोग गरेको हो ।

संघका अध्यक्ष सन्देश कक्षपति, वरिष्ठ उपाध्यक्ष कुलचन्द्र सिग्देल, उपाध्यक्ष पर्शुराम प्रसाद वारी, महासचिव गोविन्द पौडेल, कोषाध्यक्ष विष्णु सापकोटा र सदस्यहरु पुगी करिब डेढ क्विन्टल चामल, दाल, तेल र नुन सहयोग गरेका थिए ।

आफूहरुको सहयोग सानो भए पनि समाजमा सकारात्मक सन्देश जाओस् भनेर सहयोगको लागि गुरुकुलम् र बालगृह पुगेकोे अध्यक्ष कक्षपतिले बताए ।

भलवाडको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले संघले निकै उदाहरणीय काम गरेको बताए । सबैले यसैगरी सहयोग गरेमा गुरुकुलम संचालनमा सहजता थपिने उनको भनाई छ । सहयोगको क्रममा गुरुकुलम्का बटुकहरुले स्वस्तिवाचन गरेर संघको टोलीलाई स्वागत गरेका थिए ।

बाणगंगा ९ भलवाडमा रहेको गुरुकुलम् लाई सहयोग हस्तान्तरण गरिँदै

सहयोग ग्रहण गर्दै कपिलधाम गुरुकुलम्का संस्थापक ध्रुवराज आचार्य र बालगृह तौलिहवाका कार्यालय प्रमुख रामप्रसाद अर्यालले संघको सहयोग सानै भए पनि धेरै ठूलो महत्व राखेको बताए । सामाजिक सेवाभावका साथ दाताकै सहयोगबाट बालगृह र गुरुकुलम् चलाइरहको भन्दै सहयोग गर्न अन्य संघसंस्थालाई उनीहरुको आग्रह छ ।

तौलिहवाको बालगृहमा अहिले २३ जना अनाथ वालक छन् भने कपिलधामको गुरुकुलम्मा २३ जना बटुकहरु अध्ययनरत छन् ।
संघका महासचिव तथा कार्यक्रम संचालक गोविन्द पौडेलले बिभिन्न समयमा संस्थाले सामाजिक र मानवीय कार्य गरिरहेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग गर्ने कार्यक्रम राखिने बताए ।

कार्यक्रममा संघका वरिष्ठ सल्लाहकार चुन्नाप्रसाद उपाध्याय र सदस्यहरु रामप्रसाद न्यौपाने, खगेन्द्र पौडेल, धिरज विष्ट, सुदिर कुमार गुप्ता सहभागि थिए । संघको आगामी चैत्र ५ गते साधारण सभा तथा अधिवेशन हुँदैछ । त्यही पूर्वसन्ध्यामा संघले बिभिन्न कार्यक्रम गरिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९ बिहिबार ००:००  ७ : ४८ बजे