१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बुद्धस्थलको अवलोकनमा मन्त्री पन्थी



कपिलवस्तु ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेका छन् । उनीहरुले बिहीबार कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगर हवाको अवलोकन गरेका हुन् ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्त्रीसहितको टोलीले बुद्धस्थलको अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

त्यस क्रममा मन्त्री पन्थीले बुद्धस्थलको संरक्षणसँगै प्रवर्द्धन गर्ने गरी अन्य विकासका योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९ शुक्रबार ००:००  ६ : ०१ बजे