१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अनेरास्ववियुको अध्यक्षमा बडाल र महासचिवमा रोकाया निर्वाचित



काठमाडौं ।
नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।

गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ ।

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९ शुक्रबार ००:००  ७ : ४५ बजे