७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अमृते सामुदायिक वनको अध्यक्षमा गोपाल गिरीको लज्जास्पद हार



मायादेवी अनलाइन, भलवाड ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको एक सामुदायिक वनको अध्यक्षमा पूर्व अध्यक्षले लज्जास्पद हार व्यहोरेका छन् ।

भलवाडको भर्तापुरमा रहेको अमृते सामुदायिक वनको अध्यक्षमा गोपाल गिरीले लज्जास्पद हार व्यहोरेका हुन् ।

शुक्रबार वनको अध्यक्षमा भएको चुनावमा योगेन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २ सय १९ मत ल्याउँदा गिरीले ५४ मत पाए ।

गिरी लामो समय देखि वनको नेतृत्व गर्दै आएका थिए ।

कुल ३ सय ५ उपभोक्ता रहेको वनको अध्यक्षमा कुनै सहमति हुन नसके पछि यहाँ निर्वाचन भएको हो ।

वनको अरु पदमा भने सर्वसम्मतिबाट नेतृत्व चयन भएको छ । वनको उपाध्यक्षमा मीरा पौडेल, सचिवमा मीना सिंजापती, सह-सचिवमा मनकला गिरी, कोषाध्यक्षमा सीता शर्मा चयन भएकी छिन् । वनको १५ सदस्यिय कार्यसमिति चयन चएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९ शनिबार ००:००  ६ : २२ बजे